Monday 29th of April 2024

पैतृक गाँउमा दिपेन्द्र सातौ सेन्चुरी पार गर्दै ।।

0 Shares

महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीका मेयरतर्फका उम्मेदवार डा.दिपेन्द्र महतोले सातौ सेन्चुरी नजिक पुगेका छन् । आज दिउँसो ४ बजेको मतपरिमाण अनुसार जनता समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । स्रोतका अनुसार १४५९ को मतपरिमाण अनुसार जनता समाजवादी पार्टीका (छाता) मेयरतर्फ ६९८, उपमेयरमा ६६८, वडाअध्यक्षमा ४५५ मत हासिल गरेको छ । त्यस्तै नेकपा माओबादीतर्फ मेयरमा ८५, उपमेयरमा ९७ र वडाअध्यक्षमा ११९ मत प्राप्त गरेका छन भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरमा ९३, उपमेयरमा १०० र वडाअध्यक्षमा १२३ मत हासिल गरेका छन् । यता नेपाली काँग्रेस पार्टीतर्फ मेयरमा २७१, उपमेयरमा २८० र वडाअध्यक्षमा ३०३ मत प्राप्त गरेका छन् । मतगणनाको क्रममा नेकपा एमालेले मेयरमा ९, उपमेयरमा ८ र वडाअध्यक्षमा २ मत हासिल गरेका छन् ।

जनमत पार्टी नेपालकोतर्फबाट मेयरमा ३६, उपमेयरमा ३४ मत प्राप्त गरेका छन् र वडाअध्यक्षमा ३३ रहेका छन् । राप्रपाकोतर्फबाट मेयरमा ०, उपमेयरमा १ र वडाअध्यक्षमा २ मत हासिल गरेका छन् । यता स्वतन्त्रतर्फ पुतलीका मेयरमा ४२, उपमेयरमा ४५ र वडाअध्यक्षमा १९९ गरेको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।
वदरमतको संख्या अधिक
मतगणनाको क्रममा प्राप्त भएको जानकारी अनुसार वदरमत वढि रहेको पाईएको छ । मेयरतर्फ १४५ वटा, उपमेयरमा १४९ वटा, वडाअध्यक्षमा १२० वटा रहेको निर्वाचन आयोगको कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया