Sunday 28th of April 2024

महोत्तरी : मनरा शिसवा नगरपालिकाकाको अर्को दादागीरीे रहस्यको खुलासा

0 Shares

नागेन्द्र साह, महोत्तरी ।  महोत्तरीको मनरा शिसवामा एक किशोरीको वर्षे देखी बालात्कार हुदै आईरहेको छ । आफुलाई मनरा सिसवाको कर्मचारी मात्रै हैन । नगरपालिका मेरो नै हो मलाई कसैले केही गर्न नसक्ने म जे चाहन्छु तै नै हुन्छ भन्ने ठान्ने गलत प्रवुतिका कर्मचारी दिपु सिंह जस्तालाई बढावा दिई गलत कार्य गर्दा पनि सपोर्ट पाउनु कति दुरभाग्यको कुरा हो ।

चुनावको बेलामा त्यही जनप्रतिनिधिले आफु जनताको हक,दुख,पिडा मा मल्हम लगाउने बाचाँ गरे पनि दिपु सिंह जस्ता बालात्कारीको पक्षमा वकालत गर्ने मनरा सिसवाका मेयर र प्रमुख प्रशासकिय अधिकृत जस्ता व्यक्तिले जनावर प्रवृतिको व्यक्तिलाई उल्टै संरक्षण दिन कुनै कसर बाँकि छोडेको छैन । ठुला ठुला टाउको अनि समाजको अगुवाई गर्ने जनप्रतिनिधिहरु भाषण गर्नु पर्दा बालवालिका तथा नारीको विषयमा गहकिला तर्कहरु दिन कुनै कसर बाँकी राख्दैन नारी सशत्तिकरणको बारेमा होस या बेटी पढाउ बेटी बचाउ जस्ता सुमधुर नारालाई आफ्नो मुखारबिन्दुबाट उच्चाहरण गर्छन ।

यस्ता गहकिला तर्क दिई जनताको आँखामा धुलो छर्नुको बाहेक अरु केही गर्न सक्दैन र मन्चबाट ओर्लीने वित्तिकै त्यही जनप्रतिनिधिले यहाँसम्म विर्सन्छ कि एक जना नारी कसैको छोरी , कसैको बहिनी , कसैको आमा, कसैको बुहारी हुन सक्छ र यस्ता घटनाहरु हुन जान्छ । यसलाई अनेकौ राजनैतिक रंगहरु दिन खोज्छ कि जातीय नारा लगाई यस्ता बलात्कारीहरुको संरक्षण गर्न कुनै कसर राख्दैन । कुरा गरौ अहिले तत्काल आगो जस्तै बलिरहको घटना हो २०७७÷१२÷८ गतेको जबर्जस्ति करणीको अहिले एक अर्कालाई आरोप, प्रत्याआरोप लगाउने होडमा चलिरहेको छ ।No description available.

यस्ता बलात्कारीको कुरा मिलाउन कसैले दुवै जनाको विहे गराईदिऊ त कसैले सामाजिक मुद्दा भएकोले गाउँमै घटना मिल्नु पर्छ त कसैले दुवैको विहेमा लाग्ने सम्पूर्ण खर्च उठाउन जिम्मा लिन्छन त कसैले समाजिक दण्ड स्वरुप थुक चाट्न लगाउने र कान समाति उठ बस गर्न लगाउने त कसैले १० लाख रुपैया जरिवाना गराई केटालाई उन्ममुक्ति गराउन होड चलिरहेको स्थानीय बताउँछन । यो घटना बाहेक मनरा सिसवा नगरपालिकामा अनेकौ घटनाहरु छन जो त्यहाँका जनताले भोगी रहेका छन । भन्नु पर्दा घर वहालको सम्झौता पालना नगरिकन कार्यालय सरेको घटनाले अझ झन पिरलो बनाएको छ । निर्वाचनको बेलामा आफु जनताको हिकहितर दुःखमा साथ दिने बाचा गरे पनि त्यो मुख मै सिमित रहेको छ । बाहिर भन्नु पर्दा जिति सकेपछि आफूले जे गरे पनि हुने प्रवृतिले नगरबासी चिन्तीत बन्दै गएको छ ।No description available.

नगरप्रमुखले जनताको हकहितको बारेमा नसोची जनतालाई दादगिरीको भरमा दुःख दिन थालेको घटना फेरी बाहिरीएको छ । सम्झौता अनुसार घर वहाल, विद्युत महसुल तथा घर मरम्मत नगरेपछि घरपट्टी सुनिल पाण्डे मारमा परेका छन । जिल्लाको मनरासिश्वा नगरपालिकाको वडानं। १ मा रहेको सुरेश पाण्डेयको दुई तल्ले १० वटा कोठासहितको घर नगरपालिकाका तत्कालिन प्रशासकिय अधिकृत रणजित कुमार यादवले नगरपालिकाको कार्यालय सञ्चालनको लागि सार्वजनिक खरिद ९पाँचौ संशोधन० नियमावली २०७३ को नियम ९४ को उपनियम ११ बमोजिमको अधिकार तथा कबुलियतनामाका आधारमा २०७६ साउनमा सम्झौता गरि लिएका थिए ।

सुरेश पाण्डेयका छोरा सुनिल पाण्डेयले नगरपालिकाले घर बहालमा लिँदा गरेको सम्झौता विपरित एक्कासी घर छाडेको तथा सम्झौता विपरितका कुनै पनि बहाल नै नतिरी घर एक्कासी खाली गर्दा पाण्डे मारमा परेका छन् । विगत सात महिनादेखि सम्झौता कार्यान्वयनको लागि दौडधुप गरे पनि मेयर र प्रमुख प्रशासकिय अधिकृतले चुप्पी कसेका पाण्डे बताउँछन् । No description available. नगरपालिकाले घर छाडेर अन्यत्र गएकोमा कुनै समस्या छैन तर घर वहाल, विजुली वत्तीको महसुल तथा घरको मरम्मत गरिदिए मेरो कुनै गुनासो नै थिएन ।’ नगरपालिका कार्यालयले एक महिनाको घर बहाल र विद्युत महसुलसमेत नतिरी अन्यत्र सरेको हो । घर बहाल, विद्युत महसुल, तथा घरको मरम्मत गरिदिन पटक पटक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादव ले पनि केही वास्ता नगरेको कारणले आफु जिल्ला प्रशासन कार्यालय धाउनु परेको गुनासो गर्नुभयो ।े घर बहाल सम्झौताको बुदाँ नं। ३ मा स्पष्ट रुपमा कार्यालयले घर उपयोग गरेको अवधि भरको बिजुली तथा अन्य शुल्क स्वयम् बेर्होनुपर्ने उल्लेख गरिएको भएपनि सो विपरित नगरपालिकाले सो नतिरी कार्यालय सरेको कुरा सबैमा मनन नै छ ।

‘सम्झौतामा कार्यालयले घर छाड्न चाहेमा तीन महिनाको अग्रिम सूचना लिखित रूपमा घरधनीलाई दिनुपर्ने उल्लेख भएपनि नगरपालिका कार्यालयले साउन महिनामा घर छोड्दा सम्झौताअनुसार आफूहरूलाई कुनै जानकारी नै नगराई कार्यालय सारेको पाण्डे बताउँछन ।

त्यसैगरी सम्झौताको बुँदा नं।७ मा कार्यालयले घर छाडदा पूर्व कै अवस्थामा ल्याई छाडनुपर्ने उल्लेख भएपनि कार्यालयले कार्य सञ्चालनको क्रममा घरको छतलाई फुटाई वाईफाई टावर झिकेर लगेपनि त्यसको मरम्मत भएको छैन । उहाँले पटक पटक नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई न्यायको लागि पहल नभएपछि पाण्डे रेडियो रुपान्तरणको कार्यालयमा आई न्यायको लागी पहल गरिदिन अनुरोध गरेका छन ।

हाल सम्झौता गरेका प्रशासकिय अधिकृत आफै नगरपालिकाको प्रमुखमा रहेपनि समस्या समाधान गर्नुको साटो धाक, धम्की दिने गरेको तथा आफुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा असोज १९ गते नै लिखित रुपमा जानकारी गराएर अहिलेसम्म दर्जनौपल्ट समस्या समाधानको पहल गरिदिनको लागि पुगेपनि चासो नदिएको गुनासो गर्नुभयो ।

विगतमा घर वहाल कर विना निवेदन नै प्राप्त हुने गरेकोमा यसपालि नगरपालिकालाई पनि लिखित रुपमै सम्झौता अनुसारको कार्यान्वयनको लागि निवेदन दिँदा निवेदन समेत दर्ता नगरेको पाण्डेयले गुनासो गर्नुभयो ।यस सम्बन्धमा मनरासिश्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले नानाथरीको कुरा ,धाकधम्की लगाएर कुनेै चासो नलिएको बताउनुभयो । नगर मेयर संजयकुमार सिंहले घरभाडा लिने सम्झौता आफु निर्वाचित आउनुभन्दा अगाडी नै प्रशासकीय अधिकृतले गरेको हुँदा यसबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिनुहुदै नगरपालिकाले तयार गरेको भवनमा कार्यालय सरेको बताउनुभयो । यस्ता यस्ता घटनाले घटन थाले पछि अर्को ठुलो घटना हुने हो भन्ने डरत्रासमा मनरा सिसवाका स्थानीयहरु छन ।No description available.

जनप्रतिनिधि आए पछि जनतामा भन्ने एउटा नयाँ उर्जा जागेको थियो अब भन्ने हामी सबैलाई सुख र शान्तिले जीवन यापन गर्न पाउने छन तर यी जनप्रतिनिधिहरुले बालाकारी र घरभाडा,विद्युत बिल, घरको पुरानो अवस्था नल्याई कार्यालय सरेको घटनाले झन पिरोलन थालेको स्थानीय बताउँछन ।

प्रतिक्रिया