Monday 29th of April 2024

गौशालाको विषहरपुरमा नियम विपरीत सडक निर्माण गरिएको भन्दै स्थानियले जनाए आपति

0 Shares

गौशाला ः गौशाला नगरपालिका वडा नं. – ९ विषहरपुरमा नियम विपरीत सडक निर्माण गरिएको भन्दै स्थानियले आपति जनाएको छ । वडास्तरीय योजना अन्र्तगत १९ लाखको लागतमा उपभोक्ता समितीद्धारा निर्मित सो पिसिसि सडक गुणस्तरहीन निर्माण भएको भन्दै स्थानियवासीले गुनासो पोखेका छन ।

स्थानिय शिवचौकदेखि हरि नारायण सिंहको घर हुँदै मुलवाटोसम्म निर्माण गर्नका लागि वजेट पुस्तिकामा उल्लेख भएतापनि सो अनुसारको सडक निर्माण नभएको विरवहादुर चौधरीले बताउनुभयो । सडक निर्माणको क्रममा योजना विपरीत सडक निर्माण गरिएको छ भने आफनो घर अगाडि ढलान नगरेको चौधरीले जानकारी दिनुभयो ।

वजेट पुस्तिकामा उल्लेख भएअनुसारको सडक निर्माण नभई शिवचौकदेखि हरि नारायण सिंहको घरहुँदै दक्षिणतर्फ पुर्वहुँदै मुल सडकमा जोडने सडक नियम विपरित निर्माण गरिएको हो । स्थानिय राजकिशोर चौधरीको घरदेखि उत्तरतर्फ बाटो निर्माण गरेको तर आफनो घरको अगाडि त्यतिकै छाडेको चौधरीले बताउनुभयो ।

यसरी उत्तरतर्फ निर्माण भएको सडक गुणस्तरहीन रहेको र यससम्बन्धमा हरेक निकायलाई जानकारी गराउदा समेत कहिकतैबाट सुनवाई नभएको चौधरीले संचारकर्मीलाई बताउनुभयो । चौधरीका अनुसार यस सम्बन्धमा गौशाला नगरपालिकाको कार्यालयमा समेत जानकारी गराएको तर कुनै सुनवाई हुन सकेको छैन ।

नगरपालिकाको कार्यालयले समयमै अनुगमनमा ननिस्किएको मौका छोपी समितीले मनपर्दी रुपमा सडक निर्माण गरेको जसको कारण अहिले यस्तो सिर्जना भएको स्थानिय राजकिशोर चौधरीले बताउनुभयो । सडक निर्माणको क्रममा कमसल सामग्री प्रयोग भएकोले सडक गुणस्तरहीन रहेको वडा नं. ९ का वडाअध्यक्ष महेश सिंहले स्वीकार गर्नुभयो ।

तत्कालको लागि सो बाँकी रहेको स्थानमा ग्राभेल राख्ने वडाअध्यक्षले जानकारी दिनुभयो । वडाअध्यक्ष सिंहले चाँडै नै नगरस्तरीय अनुगमन समितीको टोली ल्याएर गुणस्तर मापदण्ड गरिने र वाँकी रहेको स्थानमा अगामि आर्थिक बर्षमा सडक निर्माणको लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो ।

आर्थिकबर्ष २०७७। ०७८ को वडास्तरीय योजना अन्र्तगत १९ लाखको लागतमा निर्मित सो सडक उपभोक्ता समितीमार्फत निर्माण भएको हो ।

प्रतिक्रिया