Sunday 28th of April 2024

प्रदेश २ मा १५ व्यवसायी पक्राउ

0 Shares

सप्तरी ः प्रदेश २ को सप्तरी जिल्ला स्थित राजबिराजमा प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने १५ व्यवसायी पक्राउ परेका छन् ।

किराना, माछा, सैलुन,मासु, मिठाई, हार्डवेयर, कस्मेटिक, फलफुल लगायतको पसल संचालन गर्ने १५ जना व्यवसायीलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई कोभिड –१९ सङकट ब्यवस्थापन अध्यादेश २०७८ “ बमोजिम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जरिबाना गरी छाडिएको उनले बताए ।

प्रतिक्रिया