
गौशाला / महोत्तरीको गौशाला नगरपालिका ६ फुलकाहामा आपसी विवादका कारण छिमेकीको घेराउमा एक स्थानिय परिवार परेका छन । चारैतिर छिमेकी यादवको घर रहेको र आपसी विवाद भएपछि आफनो घरबाट निस्किने हरेक वाटोमा घेराबार गरि आवातजावतका लागि समेत अवरुद्ध गरिएको हो । समान्य विवाद भएपछि उनीहरुले सार्वजानिक सडक लगायतका अन्य तिनतर्फबाट वाटो अवरुद्ध गरेपछि दैनिक कामकाज गर्न मुश्किल भएको बताए ।
यससम्बन्धमा अर्कापक्षसँग कुरा गर्दा पहिले रामनाथले नै विवाद सिर्जना भएपछि एकहप्ताभन्दा समयसम्म वाटोमा मुढा राखेर वाटो अवरुद्ध गरेको जनाएको छ ।
अव छलफल गरेर समस्या समाधान गरिने उनीहरुले तर्क राखेका छन ।
प्रतिक्रिया