दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

सर्लाही – सर्लाहीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाकको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा प्रदेश नं.२-०३-००४ प ७८८४ मोटरसाइकल चालक बाराको कलैया उपमहानगरपालिका १६ बस्ने ४५ वर्षका कन्हाई चौधरी र ज ११ प ८१० मोटरसाइकल चालक महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनमएको छ । पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुर नगरपालिका १२ जंगलमा प्रदेश नं.२-०३-००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल एक आपसमा सोमबार साँझ साढे ६ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा प्रदेश नं.२-०३-००४ प ७८८४ मोटरसाइकल पछाडी सबार कलैया नगरपालिका ३ ब्रम्हपुरी बस्ने बर्ष ३२ का अजय कुमार पटेल, ज ११ प ८१० मोटरसाइकलमा पछाडि सवार सवार २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

प्रतिक्रिया