महाभारत युद्धका नियमहरू : कसरी र कसले तोडे पहिलो पटक ?

जब पाण्डव १३ वर्षको निर्वासन पूरा गरी हस्तिनापुर फर्केका थिए, भगवान श्री कृष्णले पा‌ण्डवहरूको पक्ष कौरवको अगाडि राखे । खेलमा पाण्डवहरूले पराजित गरेको इन्द्रप्रस्थ श्री कृष्णले कौरवहरूसँग मागे तर उनलाई दुर्योधनले दिनबाट स्वीकार गरेर श्रीकृष्णको उल्टै अपमान गरे । त्यसपछि कौरव र पाण्डवबीच युद्ध सुरु भयो।

दुवै पक्षले मिलेर युद्धको नियम बनाए । यी नियमहरू केही दिनका लागि युद्ध सुरु हुनुअघि अनुशरण गरिएका थिए । तर पछि यी नियमहरू धेरै पटक भंग गरियो र योद्धाहरू छलछामको सहारामा मारिए पनि ।

 


कौरभ र पाण्डवहरूले युद्धका लागि बनाएका नियमहरू
– यो लडाईं सूर्योदयभन्दा पहिले हुने छैन र सूर्यास्तसँगै त्यो दिनको लागि अन्त्य हुनेछ ।
– एक योद्धाको साथमा एक योद्धा मात्रै लड्न सक्छन् ।
– जुन योद्धाले आत्मसमर्पण गर्छ । उसलाई कुनै पनि पक्षले मार्ने छैन र चोट पनि पुर्‍याउन पाउने छैन ।
– द्वन्द्व युद्ध त्यतिबेला मात्रै सम्भव हुन्छ जब दुवैजनाको साथमा समान अस्त्र हुन्छ । समान अस्त्रसँगै दुवैसँग समान रथ, हात्ती वा घोडा दुवै पक्षबीच बराबर भए मात्रै त्यो युद्ध सम्भव हुन्छ ।
– आत्मसमर्पण गरेका योद्धालाई युद्ध बन्दी बनाइनेछ ।
– कुनै योद्धाले कुनै निशस्त्र योद्धालाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले बेहोस योद्धालाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले युद्धमा भाग नलिएको कुनै व्यक्ति वा पशुलाई मार्ने वा चोट पुर्‍याउने छैन ।
– कुनै योद्धाले कुनै योद्धालाई पछाडिबाट आक्रमण गर्ने छैन ।
– कसैले पनि महिला, युद्धबन्दी र किसानहरुलाई कुनैपनि हिसाबले हानि पुर्‍याउने छैन ।
– कुनै योद्धाले कुनैपनि जनावरलाई प्रत्यक्ष आक्रमण गर्ने छैन ।
– जुन शस्त्रको नियम बनाइएको छ ती सबै नियमहरू पूरापूर पालना गर्नुपर्नेछ । जस्तै गदाले कसैलाई पनि कम्मर मुनि आक्रमण गर्न मनाही छ ।

यी नियमहरू धेरै पटक उल्लंघन गरियो । एउटा उदाहरण युद्धको एक नियम यो थियो कि केवल एक योद्धाले एक योद्धासँग मात्रै लडाइँ गर्न सक्छ । उनीहरू बीच कुनै अर्को आउँदैनन् । जब कौरवहरूले महाभारतको १३ औं दिनमा चक्रव्यूह रचना गरे । कसैले पनि यसलाई छुट्याउन सकेनन् । केवल अर्जुन र श्री कृष्णलाई चक्रव्यूह भित्र छिर्ने र बाहिर निस्कने तरिका थाहा थियो । तर कौरवको तर्फबाट सुशर्माले अर्जुनलाई चक्रव्यूहबाट टाढै राखे, तब युधिष्ठिरको आदेशमा अभिमन्यु, भीम र सात्यकी चक्रव्यूह भित्र छिर्न गए । अभिमन्युलाई चक्रभित्र कसरी प्रवेश गर्ने भन्ने थाहा थियो तर कसरी उम्कने भन्ने थाहा थिएन। जब अभिमन्यु चक्रव्यूहमा फसे, तब कौरवहरूले मिलेर अभिमन्युलाई मारे । अभिमन्युलाई द्रोणाचार्य, कृपाचार्य, कृतवर्मा र कर्ण समेत मिलेर मारेका थिए । यसरी आफैँले बनाएको नियम पूरा गर्न सकेनन् ।

पितामह भीष्मपछि द्रोणाचार्यलाई कर्णको आदेशमा कौरवहरूको सेनापति बनाइयो । द्रोणाचार्यलाई पाण्डवहरूलाई हराउन गाह्रो भयो । तब भीमले भगवान् कृष्णको आदेशमा अश्वत्थामा नाम गरेको हात्तीलाई मारे र मैले अश्वत्थामालाई मार्ने कुरा भने । यो सुनेपछि द्रोणाचार्यले शोक महसुस गरे र युधिष्ठिरलाई यकिनका लागि सोधे । युधिष्ठिरले सधैं सत्य बोले । युधिष्ठिरले यो पनि भने कि अश्वत्थामा मारिए, तब द्रोणाचार्यले रथमा हतियार राखेर शोक र ध्यान गर्न थाले । त्यसपछि मात्र धृष्टद्युम्रले द्रोणाचार्यको टाउको काटिदिए ।

अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित समाचार