महोत्तरीको औरही नगरपालिकामा बाटोको अभावले लंका बासी दुखित ।।

नागेन्द्र साह, औरही । नगरपालिका स्थापना भएको बर्षौ वित्दा समेत महोत्तरीको औरही नगरपालिका वडा नं। ९ मा पर्ने लंका टोलमा आवश्यक भौतिक पूर्वाधार विकास हुन सकेको छैन ।

दलित समुदायका ४० घर परिवार रहेको सो वस्तीमा खानेपानी, शौचालय, सडक, लगायतका पूर्वाधारको व्यवस्थापन अझ हुन सकेको छैन । खानेपानीको नाममा २ वटा मात्र स्रोत साधन रहेकोले वस्तीमा शु्द्ध पिउने पानीको अभावमा खटकिएको छ । त्यस्तै सो वस्तीमा बर्षायाममा खोला तरेर जानुपर्ने वाध्यता रहेको छ । र सुख्खा याममा माटोको बाटो भए पनि एक लिखे हुँदा कहिले काही तँ साईकलबाट लडी हातखुट्टा नै भाचिनेभएकोले नजिकमा स्वास्थ्य चौकीको अभावको कारण धेरै नै कठिनाई भोग्नुपरेको घोर्ला तामाङ्गले बताउनुभयो । यो समस्याको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराए पनि आशा बाहेक अरु केही पनि नपाएको गुनासो गरे ।

एकमात्र सामुदायिक विद्यालय रहेको र विद्यालयमा शिक्षक भनेको एकमात्र दरबन्दि र दुई जना वालविकास र एक जना का।स। ले विद्यालय संचालन गर्न निकै नै कठिन भएको त्यहाका प्र।अ। ले बताए । भवनको अभावको कारण अफिसकोठा मै कक्षा तीन चलाउन बाध्यता रहेको प्र।अ।ले बताए । र आफु सात आठ दिन मात्र भयो यो विद्यालय आएको र यो भन्दा पहिलोको प्र.अ.ले वरबुझारत नगरी अफिसको दराजमा ताला लागेको र केही आवश्यक डकुमेन्टको जरुरी भए पनि आफुले खोल्न नपाउदा अफिसियल कामकार्वाहीमा समेत समस्या उत्पन्न भएको प्र.अ.ले बताए ।

भवनको अवस्था निकै नै कमजोर भएकोले वर्षायाममा सम्पूर्ण अफिसियल कागजपत्र बचाउन पनि हम्मे हम्मे हुने का।सले बताए । सो वस्तीमा स्वास्थ्य चौकीको अभाव रहेको स्थानिय चन्देश्वर सदाले बताउनुभयो । त्यस्तै जनप्रतिनिधी निर्वाचित भएको बर्षौ वित्दा समेत नगरप्रमुख सुनिल यादव अझ पनि वस्तीमा नआएको समुन्द्री सदाले जानकारी दिईन । श्रमजिवीको रुपमा बसोबास गर्दै आएको वस्तीमा विकासको लहर नछाउनु आफैमा दुःखद रहेको स्थानियहरुले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार