अजय देवगनले खोले ४ स्क्रीन भएको मल्टिप्लेक्स हल

काठमाडाैं / बलिउड अभिनेता अजय देवगनले फिल्म हल खोलेका छन्।

उनले बिहीबार भारतको अहमदाबादमा चार स्क्रीन भएको मल्टिप्लेक्स हल खोलेका हुन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार केही दिनपछि मात्रै हलमा फिल्म देखाइने छ। भारतीय फिल्म विश्लेषक तथा समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमार्फत हलबारे जानकारी दिएका हुन्।

‘अजयले अहमदाबादमा ४ स्क्रीन भएको मल्टिप्लेक्स खोलेका छन्। केही वर्षअघि उनले एनवाई फिल्मको सुरुआत गरेका थिए। जसको आनन्द, सुरत र राजकोटमा ब्रान्च खोलिएको छ। यो मल्टिप्लेक्स यसै एनवाई फिल्मको भाग हो। छिट्टै ४ स्क्रीन मल्टिप्लेक्सको थ्रिडी सुरु हुनेछ,’ उनले लेखेका छन्। यो हल अजयले आफ्ना छोराछोरीको नाममा खोलेका हुन्।

त्यस्तै हल खोलेपछि बलिउड अभिनेत्री कंगना रनावतले अजयको तारिफ गरेकी छन्। उनले रोजगारीको अवसरसँगै भारतीय हलको स्क्रीन बढाउन सहयोग गरेको बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार