
अमेरिकामा महाशक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा विहीवार ८.१ म्याग्नीच्युडको महाभूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानिय समयअनुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे थियो ।
सामुन्द्रिक भुकम्प गएकाले मानवीय र भौतिक क्षतिबारे विवरण आउन सकेको छैन् । भूकम्पको केन्द्र विन्दु आसपासकै क्षेत्रमा १० किलोमिटरसम्म गहिराइमा रहेको जनाइएको छ । महाभूकम्प गएपछि त्यस क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी दिइएको छ । भुकम्पले गर्दा सडक बाटोहरुमा गहिरो खाडल परेको छ ।
प्रतिक्रिया