अफगानिस्तानः पूर्वराष्ट्रपति कारजाईले भने देश छाड्दिन, भगुवा घानी भन्छन्–रक्तपात हुन नदिन पलायन भए

एजेन्सी / अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ ।

तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ ।

मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।

उनले आफू राष्ट्रपति भवनमै रहिरहँदा धेरै मानिसको ज्यान जानसक्ने अवस्था भएकाले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण होस् भन्ने चाहेर पलायनको निर्णय लिएको तर्क गरेका छन् ।

त्यहीँ, पूर्वराष्ट्रपति हमिद कारजाईले भने आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट गरेका छन् ।

आफ्ना तीन छोरीका साथ देखिएका कारजाईले भनेका छन्, उनको परिवार ‘प्यारा काबुलवासी’का साथ छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् ।


उनले तालिबान र सरकारी सुरक्षाकर्मीहरुलाई नागरिकको जीउधनको सुरक्षाका लागि अपील पनि गरेका छन् ।

अमेरिकी सैन्य हस्तक्षेपपछि सन् २००१ मा देशको राष्ट्रपति बनेका कारजाई सन् २०१४ सम्म अफगानिस्तानको राष्ट्रपनि बनेका थिए । उनी एशियामै सबैभन्दा बढी समय शीर्ष पदमा रहने नेता समेत बनेका थिए ।

६ हजार अमेरिकी सेना तैथान रहेकै अवस्थामा अफगानिस्तान पूर्ण रुपमा तालिवानको कब्जामा

अन्ततः अफगानिस्तानमा तालीवान बिद्रोही पूरै देश कब्जामा लिन सफल भएका छन् । राजधानी काबुलमा ६ हजार बढी अमेरिकी सेना तैनाथ रहेकै अवस्थामा तालिवानले कब्जा गरेको हो ।

आइतबार अपरान्ह राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित उच्च पदस्थ अधिकारीहरु देशबाट भागेपछि विद्रोहीले विना रक्तपात राजधानी काबुल पनि कब्जामा लिन सफल भएका हुन् ।

घानी भागेपछि तालिवान विद्रोहीले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरु राष्ट्रपति भवन प्रवेश गरेर राष्ट्रपतिको कार्यकक्षमै पुगेर तस्वीर खिचाएका छन् । योसंगै अफगानिस्तानमा अमेरिका समर्थित सत्ताको अन्त्य भएको छ भने अब तालिवानले सरकार बनाउने निश्चित भएको छ ।

राष्ट्रपति घानी कहाँ गए भन्ने चाहीँ अहिले पनि खुलेको छैन । यद्यपी उनी ताजकिस्तान वा उजवेकिस्तानन पुगेको अनुमान गरिएको छ । उनले देशमा रक्तपात नहोस भनेर आफूले देश छाडेको बताएका छन् ।

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै, अहिलेसम्म ६ प्रान्तीय राजधानी कब्जा

प्रान्तीय राजधानीहरु कब्जामा लिंदै अघि बढेका तालिवानले गत शनिबार काबुलाई घेरा हालेका थिए । त्यसपछि उनीहरुलाई राष्ट्रपति भवनमा डाकेर शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका राष्ट्रपति घानी अपरान् भने अचानक विमानस्थल पुगेर भागेका हुन ।

२० वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालीवान बिद्रोहीले कसैप्रति पनि बदलाको भावना नराख्ने भन्दै सर्वसाधारणदेखि उच्च पदस्थ सरकारी अधिकारीहरुलाई ढुक्क हुन भनेका छन् ।

उनीहरुले देश छाडेर भागेका नागरिकहरुलाई स्वदेश फर्कन दिने र अफगानिस्तानमै बस्न चाहने विदेशीहरुलाई पनि नाम दर्ता गराएर बस्न दिने बताएका छन् । यस्तै विमानस्थल तथा अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि तालिवानले स्पष्ट पारेको छ ।

तालिबानले यति चाँडै काबुल कब्जा गरेपछि राष्ट्रपति बाइडेनको टिम चकित

अफगानिस्तानमा आफ्नो दूतावासका कर्मचारी र नागरिकको उद्धार गर्न नसक्दै विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित परेका छन्।

समाचार संस्था एपीका अनुसार २० वर्षसम्म अमेरिकाले युद्ध लडेको अफगानिस्तानमा विद्रोही समूह तालिबानले यति चाँडै काबुलमा सत्ता ढाल्ला भन्ने राष्ट्रपति बाइडेन र उनको टिमका कसैले सोचेका थिएनन्।

आइतबार काबुलमा जसरी घटनाक्रम विकसित भए त्यसले बाइडेन प्रशासनलाई अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार गर्नुमात्रै पनि ठूलो चुनौती बनाइदियो।

‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्।

अहिले पनि काबुलमा आफ्नै नागरिक र अरूलाई उद्धार गर्न अमेरिकाले ६ हजार सैनिक तैनाथ गरेको छ।

बाइडेनले यसअघि नै अगस्ट अन्त्यसम्ममा मात्रै अमेरिकी सैनिक काबुलबाट फर्किने योजना सार्वजनिक गरेका थिए।

अमेरिकीहरूको योजनाअघि नै तालिबानहरूले काबुल कब्जा गरेपछि बाइडेन प्रशासनको रणनीतिमाथि पनि प्रश्न उठेको छ।

राष्ट्रपति बाइडेनको टिममा विदेश मामिलामा अनुभवी व्यक्तिहरू थिए र उनले अफगानिस्तानबारे नियमित ब्रिफिङ लिइरहेका थिए तर कसैले पनि तालिबानहरूले यति छिटो सत्ता कब्जा गर्छन् भन्ने आकलन गरेका थिएनन्।

राष्ट्रपति बाइडेन अहिले क्याम्प डेभिडमा छन्। त्यहीँबाट उनले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे उनले जानकारी लिइरहेका छन्। ह्वाइटहाउसका स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले अफगानिस्तानबारे बाइडेनले सार्वजनिक सम्बोधन गर्ने जनाएको छ। त्यस्तो सम्बोधन गर्ने भएपछि बाइडेन बुधबारसम्म क्याम्प डेभिडमा बस्ने योजना छोट्ट्याएर ह्वाइटहाउस फर्किने छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार