सप्तरीमा मोटरसाइकल ठक्करबाट महन्थको मृत्यु

राम नारायण यादव, राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको आइतबार मृत्यु भएको छ ।

पूर्व पश्चिम लोकराजमार्ग अन्तरगत जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ६ मा मोटरसाइकलको ठक्करबाट घाइते रौतहट देवाही गोनाही नगरपालिका वडा नम्वर ९ घरहरी घर भई ईटवाल स्थित राम मन्दिरका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा ४० प २२१५ नम्बरको मोटरसाइकलले गत शुक्रबार बाटो काट्ने क्रममा महन्थलाई ठक्कर दिदा घाइते भएका थिए ।

घाइतेको रुपनी गाउँपालिका स्थित युनिक अस्पताल पु¥एको थियो । उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराटनगर स्थित बिराटनर्सिङ अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका ६ बस्ने ३० वर्षीय मोहमद रमजानीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार