प्रियंका हत्य प्रकरण : हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन

सर्लाही : सर्लाहीको रानीगंजकी १६ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यारालाई कडा करबाहीको मांग गर्दै स्थानियबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रहरी प्रशासन र जनप्रतिनिधिले घटनामा चासो नलिएको भन्दै मलंगवास्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शुक्रबार आएर नाराबाजी गरेका हुन् ।

पीडितलाई अबिलम्ब न्याय दिनुपर्छ भन्दै आफूहरु विरोध प्रदर्शनमा उत्रेको स्थानीय युवा नेता शिवहरी गौतमले जानकारी दिए । १६ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई हदैसम्मको कारबाही गरिनुपर्ने, अपराधिलाई सार्वजनिक गर्नुपर्ने, कल डिटेलको अधारमा अनुसन्धानलाई अगाडि बढाउनु पर्ने, भिसियार र पोष्टमार्टमा रिपार्ट कुनै किसिमको गडबडी नहोस् भन्दै चार सुत्रिय माग राखेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका गौतमले बताए ।

आफूहरुको मागलाई सुनवाई गरिएन, हत्यारालाइ सार्वजनिक गरि कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी स्थानियबासीले दिएका छन् । पीडित परिवारले अहिलेसम्म प्रियंकाको शव बुझ्न मानेको छैन् । बुधबार पोष्टमार्टम गरिएको शव अहिले पनि जिल्ला अस्पताल मलंगवामामै राखिएको छ । दोषीलाई कारबाही नगरिएसम्म शव नबुझ्ने परिवारजनले बताएका छन् ।

सर्लाहीको लालबन्दीमा तीन दिनदेखि बेपत्ता युवतीको शव फेला

पूर्व–पश्चिम राजमार्ग बन्द

खुल्यो पूर्व–पश्चिम राजमार्ग

प्रियंकाको बलात्कार पछी हत्या भएको आशंका, दुई किशोर पक्राउ

प्रियंका हत्या प्रकरण : हत्यारालाइ कार्यवाहीको मांग गदै अखिल नेपाल महिलासघले बुझाए ध्यानाकर्षण पत्र

प्रतिक्रिया

सम्बन्धित समाचार