शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ।

दरवन्दी मिलानको विषयलाई लिएर भएको झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् ।

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो।

प्रहरीले ताला खोलेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।

अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार