भंगहाका मेयरले गरे सामुदायिक भवनको शिलान्यास

गौशाला : भंगहाका मेयरले संजीब साहले सामुदायिक भवनको शिलान्यास गरेको छ ।

शुक्रबार एक समारोहकाबीच वडास्तरीय योजनामार्फत वडा नं. ६ स्थित हत्तिसर्वा मा उक्त भवनको शिलान्यास सम्पन्न भएको हो । भंगहा नगरपालिका वडा नं. ६ हत्तिसर्वामा सामुदायिक भवन नहँुदा समुदायलाई विहेमा जन्यती राखन, ब्रतमन, अन्य कामकाज पर्दा सास्ती भोगीरहदा भंगहा नगरपालिकाबाट चालिस लाखको बजेट विनियोजन गरी उक्त भवनको शिलान्यास गरेको वडा अध्यक्ष चौठी महतोले बताए ।

सो समारोहमा वडा अध्यक्ष विनोद यादव, वडा अध्यक्ष चौठी महतो, बुद्धिजिवी, पत्रकार, स्थानीय, राजनितिककर्मी, भरभलादमी समेत उपस्थित रहेका थिए ।

प्रतिक्रिया