Friday 12th of April 2024

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्ष पछि आफ्नै घरबाट पक्राउ

0 Shares

 राजविराज । सप्तरी प्रहरीले फरार प्रतिवादीहरुलाई धामाधम पक्राउ पर्न थालेका छन् । कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी १७ वर्ष पछि आफ्नै घरबाट पक्राउ परेका छन् । उनलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनि गरेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको साविकको लोहजरा गाउँ विकास समिति वडा नम्वर ८ र हालको महदेवा गाउँपालिका वडा नम्वर ४ का ४३ वर्षीय देव नारायण मण्डल रहेका छन् ।

साविकको लोहजरा गाउँ विकास समिति वडा नम्वर ८ र हालको महदेवा गाउँपालिका वडा नम्वर ४ का सुक्रुत सदाले फरार प्रतिवादी मण्डलको पूmफु चन्देश्वरी मण्डललाई भगाएको रिशवीले गाउँ समाजका बुद्धिजिबीहरुको रोहबरमा उनका पूmफुलाई माइती पक्षको जिम्मा लगाए पनि उनले सदाको हत्या गरेका थिए ।

२०६० साल पुस ८ गते सदा आफ्नो घर अगाडि टयुवेलमा नुहाईं रहेका बेला आरोपित मण्डलले फलामको धारिलो छुरा पेटमा प्रहार गरेका थिए । छुरा प्रहार पछि उनी घाइते भएका थिए । उनको उपचारका लागि धरान स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटामै मृत्यु भएको थियो ।

सदाको मृत्यु पछि मण्डल लुकि छिपी बस्दै आइरहेका थिए । फरार रहेका मण्डल घर आई बसेको विशेष सूचनाको आधारमा डिमन प्रहरी चौकिबाट खटिएको प्रहरी टोलिले खोज तलास गरेपछि शनिबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

प्रतिक्रिया