Friday 12th of July 2024

महोत्तरीको बिजलपुरामा आफ्नै पसलमा करेनट लागेर एक जनाको मृत्यु

0 Shares

गौशाला : महोत्तरीको बर्दिबासमा शनिबार आफ्नै पसलमा व्लडीङ्गको काम गर्ने क्रममा करेनट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा १३ बिजलपुर बस्ने चलितर महतोको छोरा वर्ष २८ को दिपक महतो रहेको प्रहरीले जनाएको छ ।

महतो बर्दिबास नगरपालिका -१३ स्थित पर्ने डाडाँटोल बिजलपुरा बजारमा आफ्नै पसलमा टेक्टरको टेल्लारीमा व्लडीङ्ग गर्ने क्रममा अचानक करेन्ट प्रभाव भई उनी घाइते भए पछि उपचारकाको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु घोषना गरेको थियो ।

मृत्यु घोषना गरेपछी उनको पेस्टमाटम पछी शव परिवारजनलाई बुझाइ सकेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरिक्षक बलिस्टर सिंहले जानकारी दिए ।

शव बुझेपछी रातीनै महतोको हिन्दुधर्म अनुसार अन्तीम संस्कार गरीसकेको परिवार जन स्रोतले बताए ।

प्रतिक्रिया