0
Shares
राम नारायण यादव, राजविराज । जवरजस्ती करणी गरी गर्भ बोकाएर ९ महिना देखि फारार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनलाई पत्रकार सम्मेलन गरी सार्वजनि गरेका छन्
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ बस्ने मो। मौला मन्सुरीको ३५ वर्षीय छोरा मो। रहमुललाई आइतबार विहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।
उनले गएको जेठ २६ गते विहानको समयमा सोही ठाउँ बस्ने वर्ष १५ की ईच्छा बिपरीत जवरजस्ती करणी गरी फरार रहदै आएका रहमुललाई पक्राउ गरी थप अनुसंधान गरीरहेको सप्तरी प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।