Thursday 6th of February 2025

नेपाल-भारत बोर्डरमा सुरक्षाकर्मीको रक्षा बन्धन

0 Shares

जनकपुर : नेपाल भारतको खुला सीमामा खटिएका नेपालको तर्फबाट सशस्त्र सीमा बलका प्रहरी र भारतबाट खटेका सिआरपी जबानले एक आपसमा राखी धागो बाँधेर रक्षा बन्धन मनाएको केही तस्विरहरु भावुक बनाउने खालका रहेको छ ।

जयनगर महिला विकास मँचले सीमामा खटेको जवानहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएको हो । सो क्रममा उनीहरुले नेपाली सशस्त्र प्रहरी बलका जवानहरुलाई समेत राखी बाँधेर रक्षा बन्धन मनाएको हो ।

नेपाल भारत सीमाको जयनगर बोर्डरस्थित भारतको सशस्त्र सीमा बलका जवान र नेपालको सशस्त्र सीमा बल (एपिएफ) का सुरक्षाकर्मीहरुहरुलाई दुवै देशका चेलीहरुले राखी बाँधेर रक्षा बन्धन मनाएको हो ।

नेपालकी बहिनीहरुले भारतीय जवानलाई राखी बाँधेकी थिइन भने भारतकी बहिनीहरुले नेपाली सुरक्षाकर्मीहरुलाई राखी बाँधेर रक्षा बन्धन मनाएका छन् । महिला विकास एवम् उत्थानको लागि समर्पित सँगठन महिला विकास मँचले सीमामा दिनरात खटेका सीमा प्रहरीलाई राखी बाँधेका हुन् ।

दुवै देशबीचको पुरानो बेटीरोटीको सम्बन्ध कायम राख्नको लागि सीमामा खटेका सुरक्षाकर्मीहरुलाई राखी बाँधिएको हो । सो क्रममा दुवै देशका दिदीबहिनीहरुले एक आपसमा सुरक्षाकर्मीहरुलाई राखी बाँधेको थियो । जसमा सशस्त्र प्रहरी बलकी महिला सुरक्षाकर्मीहरुले भारतीय सुरक्षाकर्मी दाजुभाईलाई राखी बाँधेका थिए ।

राजनगर बटालियन अंतर्गत अरराहा  कैंपमा सुरक्षाकर्मीहरुलाई हिन्दु रितिरिवाज अनुसार राखी बन्धनको कार्यक्रम गरिएको थियो । भारतको जयनगर र नेपालको सिरहा माडर बोर्डरस्थित सो कार्यक्रम गरिएको थियो ।

यस कार्यक्रममा दुवै देशका चेलीहरुले सुरक्षाकर्मी जवानहरुलाई राखी बाँध्दै मिठाई समेत खुवाएको थियो । सो क्रममा मिथिलाको परम्परा अनुसार पाग र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यसका साथै, पर्यावरण सँरक्षण हेतु र दुवै देशबीचको सम्बन्ध झन प्रगाढ स्मरण गर्नको लागि वृक्षारोपण समेत गरिएको थियो ।

नेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ । -न्युज ब्युरो

प्रतिक्रिया