महोत्तरीको औरहीमा मोटरसाईकल दुर्घटनामा परि दुई घाईते

गौशाला :  महोत्तरीको औरहीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएको छ ।

औरही नगरपालिका– ४ सेरहा स्थित आइतबार राती ९ः२० बजे गोनरपुराबाट सोनमा तर्फ जादै गरेको ज. ८ प. ६४२९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नं. १ बस्ने वर्ष ५५ को बिल्टु ठाकुरको अनुहारमा चोटपटक लागी गौशाला स्थित बि.के. हेल्थ केयरमा उपचार भईरहेको र मोटरसाइकलको पछाडी वस्ने सवार निजको श्रीमती वर्ष ५० की दुखनी देवी ठाकुरलाई हातमा सामान्य चोटलागी स्थानीय क्लिनिकमा उपचार भईरहेको र दुवैको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले बताए ।

दुर्घटनामा परेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाकाको नियन्त्रणमा रहेको वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार