महोत्तरीमा मोटरसाईकल दुर्घटनामा परि एकको मृत्यु

गौशाला : महोत्तरीको सोनमामा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

सोनमा गाउँपालिका – ३ रघुनाथपुर स्थित आईतबार साँझ हुलाकी राजमार्गमा खयरबन्नीबाट सम्सीतर्फ आउँदै गरेको बी.आर. ३० क्यू. २१३० नं. को मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको ज. ९.पं ३८५० नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा बी.आर. ३० क्यू. २१३० नं. को मोटरसाइकल चालक सोनमा गाउँपालिका – ५ खयरवनी बस्ने वर्ष ३० को उदय कुमार यादवको टाउकोमा चोटलागी गम्भीर घाईते भई उपचारको लागी जानकी हेल्थ केयर जनकपुरमा लगिएको र उपचारको क्रममा निज उदय कुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले बताए ।

र ज. ९. पं ३८५० नं. को मोटरसाईकल चालक सोनमा गा.पा. वडा नं. ३ बस्ने वर्ष २२ को ललिन्द्र यादवको टाउको र बायाँ खुट्टामा चोटलागी घाईते भएका यादवको नवजिवन अस्पताल जनकपुरमा प्रहरीको निगरानीमा उपचार भई रहेको वस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार