0
Shares
जनकपुरधाम : पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरुले जनकपुरमा आन्दोलन सुरु गरेका छन् ।
आज विहान जनकपुरको शिव चोकमा संघका कार्यकर्ताहरुले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै संघका कार्यकर्ताहरुले मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएकाले आन्दोलन गर्नुपरेको बताए ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटि्टतेल प्रतिलिटर २ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।