तेस्रो चरण अन्तर्गत सर्लाहीको ११ वटा पालिकामा कोरोना खोप लगाउन सुरु

राजिव साह, सर्लाही । देशभर सहित सर्लाहीमा पनि तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो र दोस्रो चरणको खोप अभियान सम्पन्न भइसकेको छ। तेस्रो चरणको खोप अभियान ९आइतवार०२३ गतेबाट संचालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

तेस्रो चरणमा ६५ वर्ष भन्दा माथिका ब्यक्ति सहित पहिलो चरण र दोस्रो चरणमा छुटेका ब्यक्तिहरुले यो खोप लगाउन सक्ने कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार सर्लाहीको मलंगवा,कबिलासी,इश्वरपुर,बरहथवा,पर्सा ,बागमती ,चन्द्रनगर,हरिवन,हरिपुर्वा,लालबन्दी र ब्रहमपुरी स्वास्थ्य चौकीहरु मार्फत खोप लगाइदै छ । जिल्लामा एक लाख ११ हजार जनाले खोप लगाउने स्वास्थ्य कार्यालय प्रमुख श्रवण कुमार नायकले बताए ।

यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ,जनस्वास्थ्य प्रमुख नायकले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार