Tuesday 28th of May 2024

आज रातिदेखि प्रदेश २ सहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

0 Shares

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) रातिदेखि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम र कणर्ाली प्रदेशका थोरै स्थानमा भारी-धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार साँझ विशेष मनसुन बुलेटिन निकाल्दै महाशाखाले बुधबार रातिबाट न्यूनचापीय रेखा तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने सम्भावना रहेकाले भारी वर्षाको सम्भावना रहेको बताएको छ । नेपालको पूर्वी तराईको भूभागनजिक मनसुनको न्यूनचापीय रेखा रहेको कारण विगत एक-दुई दिन अगाडिबाट नेपालमा मनसुन सक्रिय रहेको महाशाखाले बताएको छ । आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेसमेत बताएको छ ।

प्रतिक्रिया