Monday 17th of June 2024

आफ्नै बुबा र श्रीमतीको ह’त्या आरोपमा मण्डल प’क्राउ

0 Shares
जनकपुरधाम : धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका- ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेको प्रहरीले बताएको छ ।

ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले दुवैको हत्या गरी घरनजिकैको झाडीमा खाल्डो खनेर गाडेका थिए । सोमबार राति नै दुवैलाई भागेश्वरले हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार रातिदेखि नै बेपत्ता भएको दुवैको खोजी भइरहेको वेला मंगलबार बिहान स्थानीयले स्थानीय रामनाथ मण्डलको आँपको बगैँचामा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात् प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

दुवै शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । अभियुक्त भागेश्वरलाई हिरासतमा लिई घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोजकुमार बस्नेतले बताए ।

प्रदेश २ : ससुरा र बुहारीको गाडेको अवस्थामा शव फेला, हत्या गरेको आशंका

प्रतिक्रिया