Saturday 20th of July 2024

वीरगञ्जबाट लागुऔषध सहित दुई जना पक्राउ

0 Shares

वीरगञ्ज :  वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बसबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका-१०, हेटौंडा बसपार्कबाट ९ थान फेनारगन, ९ थान डाईजेपाम र ९ थान नुर्फिनसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन रत्ननगर नगरपालिका-१० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका-७ बस्ने ३० वर्षीय विनोद चौधरी हुन् । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरको ना. ५ ख. ३९४३ नम्बरको बसलाई प्रहरीले जाँच गर्नेक्रममा उनीहरुबाट उक्त लागुऔषध फेला परेको हो ।

प्रतिक्रिया