Wednesday 24th of July 2024

सर्लाहीबाट नलकटुवा पेस्तोलसहित दुई युवक पक्राउ

0 Shares

सर्लाही : सर्लाहीको बरहथवाबाट ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा निस्किएको प्रहरी टोलीले सोमवार मध्यराती बरहथवा नगरपालिका-६, स्थित प्रहरी बिट नजिक चौकबाट मोटरसाइकलमा हिँडिरहेका युवकहरुलाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागमती नगरपालिका-८, का २८ वर्षीय अरुण लामा र सोही ठाउँका वर्ष २८ कै अगबर अन्सारी रहेका छन् ।

उनीहरुलाई बीआर ३० जे ३०८० नम्वरको मोटरसाइकलमा बरहथवा बजारतर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार हतियारसहित पक्राउ परेकामध्ये अरुण लामा लागूऔषध मुद्वाका फरार अभियुक्त समेत हुन् । अरुण र अगबर दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी भाटले जानकारी दिए ।

प्रतिक्रिया