0
Shares
जनकपुरधाम : धनुषाको विदेह नगरपालिकामा टिपरले किचिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदेह नगरपालिका ७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति विदेहनगरपालिका ६ तीनकौरिया चोकमा ना २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै मृत्यु भएको तनकौरिया प्रहरीचौकीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक महिलाको मानसिक अवस्था ठीक थिएन । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।