औरही : समान्य बर्षाबाट औरही बजार जाने मुल सडक हिलाम्य भएको छ । दुई दिनकै समान्य वर्षाबाट महोत्तरी जिल्लाको औरही नगरपालिका –१ मा रहेका औरही बजार जाने मुल सडक हिलाम्य बनेको हो ।
जिल्लाकै मुख्य ब्यापारी केन्द्रको रुपमा रहेको औरही बजार ब्यापारीक मार्ग योजनाका कारण समान्य वर्षामा हिलाम्य शहरको रुपमा परिणत भएको हो । मंगलबार बेमौसमी आएको वर्षाका कारण तथा सरसफाई र सडक निर्माणमा देखिएको लापारवाहिका कारण यो बजार जाने मुल सडक देखि भित्री सडक हिलाम्य बनेको यहाँका ब्यापारी रामब्रण मण्डलले बताए ।बर्दिवास-जलेश्वर सडकमा ६ लेन सडकको सबै काम सुस्त गतीमा अगाडी बढिरहेको छ । केहि स्थानमा नालाको काम सम्पन्न भएपनि कहि खाल्डो गरेर छाडीएको त कतै आधी सडक खनेर छोडेपछि त्यस स्थानमा वर्षाको पानीका कारण सडक बाट बजार,बिधालय जाने मुल सडक नै हिलै–हिलो भएको छ ।
यता औरही बजारको मुख्य सडक र भित्री सडकहरुमा सरसफाई नभएपनि सकडमै थुप्रीयर रहेको फोहरहरु हिलोमा परिणत भएको हो । औरहीको तरकारी बजार जाने बाटो र बर्दिवास- जलेश्वर सडकमा नाला निर्माण नहुदाँ समस्या उत्पन्न भएको हो ।सडक मै हिलो र पानी जमेपछि पैदल यात्री देखि सवारीसाधन लाई समेत आवतजावत गर्न समेत समस्या उत्पन्न भएको स्थानिय ब्यापारीहरुको भनाई छ ।
हाल बजारको मुख्य तथा भित्री सडकमा हिलो भएपछि ब्यवसायीक रुपमा ब्यापारीहरु मर्कामा परेको औरही उद्योग वाणिज्य संघका अध्यक्ष श्रवन चौधरीले बताए । उहाँले समयमा ब्यापारीक मार्ग निर्माण नहुनु र बजार सरसफाई नहुनु दुबैको प्रत्यक्ष मारमा ब्यापारी नै परेकोले तत्काल यस समास्याका समाधान गर्न सम्बन्धित निकायसंग माग समेत गर्नुभएको छ ।
ब्यापारीक मार्गको लापरवाहिका कारण औरही बजारमा घाम लागेपछि धुलो र वर्षा भएलगतै हिलो हुने गरेकोले ब्यापारीक मार्ग निर्माणको कामलाई तत्काल द्रुर्त गतीमा अगाडी बढाउन ब्यापारीक मार्ग परियोजनालाई औरही उद्योग वाणिज्य संघका सदस्य राम बिनेश यादव(महांजी)ले आग्रह गर्नुभएको छ ।