Monday 17th of June 2024

बाराबाट १५ किलो गाँजासहित दुई जना प’क्राउ

0 Shares

वीरगञ्ज : बाराबाट १५ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर-सिमरा उपमहानगरपालिका-५ स्थित वीरगञ्ज पथलैया सडकखण्डमा ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक पाख्रिन र मोटरसाइकल पछाडि सवार वाइबाको साथबाट १५ केजी गाँजा बरामद गरेको हो ।

गाँजासहित पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्दामा अदालतबाट म्याद लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया