Thursday 18th of July 2024

लागुऔषध मुद्दामा फरार प्रतिवादी प’क्राउ

0 Shares

वीरगञ्ज : लागुऔषध मुद्दामा कैद र नगद जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी बारा विश्रामपुर गाउँपालिका-१ बस्ने ५५ वर्षीय पन्नालाल साह तेलीलाई पक्राउ गरेको हो।
पक्राउ परेका तेलीलाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराले ०७५ साल वैशाख २४ गतेको फैसलाले २ वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो ।

फरार रहेका उनलाई प्रहरीले आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका तेलीलाई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज ल्याइएको मिश्रले बताए।

प्रतिक्रिया