0
Shares
लहान : सिरहा जिल्ला अदालतबाट दोषी ठहर भई सजाय पाएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका २ का २१ वर्षीय विष्णुदेव दास र धनगढीमाई नगरपालिका ५ का ५९ वर्षीय रामप्रसाद महरा रहेका छन् । दासलाई अदालतले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ३ लाख १ हजार १२५ रुपैया जरिवाना गरेको थियो । ०७६ असार ३० मै अदालतले फैसला गरेपनि दास फरार थिए ।
यस्तै महरालाई नागरिकता सम्बन्धी मुद्दामा अदालतले ९ महिना कैद सजाय सुनाएको छ । ८ वर्ष अगाडी नै सजाय पाएका महरा फरार थिए । बिहीवार पक्राउ परेका दुबै जनालाई अदालतमा पेश गरेपछि अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको बुझिएको छ ।