Thursday 18th of July 2024

सर्लाहीबाट ठूलो परिमाणमा पटाका बरामद

0 Shares

सर्लाही : सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी स्थित त्रिभुवननगरबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।

स्थानीय शिक्षकको घरबाट ठुलो परिमाणमा पटाका बरामद गरि नष्ट गरेको छ । सशस्त्र प्रहरीको टोलीले मंगलबार राती भारतबाट लुकाइछिपाई ल्याएर ब्रम्हपुरी गाउँपालिका वडा न–६ त्रिभुवननगरका ठाकुर भन्ने एक स्थानीय शिक्षकको घरमा १२ वटा बोरामा पोका बनाएर राखिएको करिव ३ लाख मूल्य बराबरको पटाबा बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

बरामद भएका पटाका सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया