Saturday 20th of July 2024

महोत्तरीको रातु नदीको नवनिर्मित तटबन्धन कटान हुँदा वलवाका तिलगढ वस्ती डुवानमा

0 Shares

गौशाला : महोत्तरीको रातु नदीमा निर्माण गरिएको तटबन्धन वाढिको पानीले कटान गर्दा वलवा नगरपालिकाका तिलगढ वस्ती प्रत्यक्ष रुपमा प्रभावित भएका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार वलवा नगरपालिका वडा नं. ४ मा पर्ने तिलगढ भन्ने गाँउमा वाढीको पानी पस्दा वस्ती जोखिममा परेका हुन ।

छेउमै रहेको रातु नदीमा केही महिना अगाडि निर्माण गरिएको तटवन्धलाई बाढीले कटान गरेपछि वस्तीका करिब ८ सय घर डुवानमा परेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । यसभन्दा अगाडि सो नदीको छेउमा जडान गरिएको तटबन्धनमध्ये १५० मिटर भत्किदा वस्तीमा पानी पसेको सुरक्षा स्रोतले जनाएको छ ।

वाढी घटेपनि बर्षा निरन्तर रुपमा जारी रहेकोले नदी छेउका वस्तीहरु अझ जोखिम अवस्थामै रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताउनुभयो । जिल्लामा रहेको रातु नदीको पानी वलवा नगरपालिकाको तिलगढ भन्ने स्थानमा प्रवेश गरिसकेकोले त्यहाँका स्थानियहरुलाई सर्तकर्ता अपनाउनका लागि आफुले निर्देशन जारी गरिसकेको र त्यहाँ सहयोगका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी भट्टराई जानकारी दिनुभयो ।

प्रदेश २ का नागरिकहरु प्रत्येक बर्ष बाढीमा डुबेरे निसासिन्छ । गाउँमा खोलाको बाढी बाँध भत्काएर गाउँ पसेपछि घरसंगै,सडक सञ्जाल र विद्युत सेवा अवरुद्ध हुन्छ ।त्यहाँबाट विथापितहरु ह्लचल गर्न समेत पाउँदैंन । डुङ्ग खेपेर, हेलिकप्टरमा उडेर गाउँमा जाने बाहेकका सबै विकल्पमा बाढीले विराम लगाउँछ ।असार, साउन, भदौं मधेशबासीका लागि दुःख महिना हो । यि तीन महिनामा बाँचे भने ९ महिना सहजै बाँच्न सक्ने नागरिकहरुको विश्वास हुन्छ ।No description available.

‘बर्षा हुनु र बाढी आउनु प्राकृतिक नियम हो ।तर, बाढीले बस्ती डुबाउनु र मान्छे मार्नु मानव सिर्जित समस्या हो,’नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाका सभापति दीपक मिश्र भन्छन्,‘चुरे दोहनले बाढीले बगाएर ल्याउने बालुवाले खोलाको तह बढेर गाउँभन्दा माथि आइसकेको छ ।’समान्य बाढी हुँदा पनि गाउँमा खोलाको पानी पुग्ने गरेको उनले बताए । २९ बर्षदेखि बाढी पीडितको राहत र उदारमा खटिदैं आएका उनी थप्छन्,‘प्रकृति संरक्षण विना बाढीको विपद् रोक्न सक्दैनौं ।’

प्रत्येक बर्ष बाढीले तराई डुवाउनु सदाबहार जस्तै भएको छ । हजारौं घर भत्किनु समान्य जस्तै छ । लाखौं मान्छेको गाँस र बास गुमाउनु यहाँको नियति झै भएको छ ।सयौं मान्छेले जीवनबाटै हात धुन बाध्यता बन्दै गएको छ । यो क्रम कति बढ्दैं जाने हो त्यसको टुङ्गो छैन ।No description available.

बिगत दश बर्षयता बाढीको प्रकोपमा परि प्रदेश २ मा १ सय ५६ जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर ३० जना अझै बेपत्ता छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यस प्रदेशमा ०६७–०७७ असार २५ गतेसम्ममा बाढीबाट ४ हजार ५ सय २१ परिवार विस्थापित हुन पुगेका छन् । त्यसैगरि ४ हजार ७ सय १० घरमा पूर्ण र आंशिक क्षति पु¥याएको बाढीले करिब ५५ करोंड ४५ लाख १० हजार बराबरको धनमाल क्षति हुन पुगेको तथ्यांक छ ।No description available.

मनसुन लागेपछि खोला किनारका नागरिकहरु त्रसित जीवन बाँच्न बाध्य हुन्छन् । महोत्तरीको रातु खोला, धनुषा र सिरहाको साँधमा बग्ने कमला नदी, सिरहाको खाँडो खोला रौतहटको चाँदनी, लालबकैया र बागमती लगायत साना र ठूला नदीमा आउने बाढीले प्रत्येक वर्ष ठूलो धनजनाको क्षति गर्छ ।यी सबै खोलामा अत्याधिक दोहन छ । सयौं गाउँ डुब्छ, दर्जनौ सरकारी कार्यालयमा पानी पसेर कागजात नष्ट हुन्छ ।

प्रदेश २ मा एक दशकमा बाढीले मचाएको वितण्डको विवरण

[table id=1 /]

प्रदेशभरिका नदीलाई उच्च निगरानीमा राखेका छौ : आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह

प्रदेश नं. २ का सरकारले हाल बर्षाको कारण अति प्रभावित रहेकोक्षेत्रमा जनधनको क्षति हुन नदिनका लागि उच्च निगरानीमा राखेको प्रदेश नं. २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री भरतप्रसाद साहले बताउनुभयो । तत्काल वाढीग्रस्त क्षेत्रमा फसेकाहरुलाई उद्धार गर्नका लागि प्रदेशभरिमै रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धानका टिमलाई तत्काल निर्देशन दिईसकेको मन्त्री साहले बताउनुभयो ।

प्रतिक्रिया