Saturday 20th of July 2024

महोत्तरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बालकलाई पिटेको भिडियो भाइरल

0 Shares

महोत्तरी : भारतबाट सामान खरिद गरेर आउदै गरेका एक बालकलाई नेपाल-भारत सीमा क्षेत्र महोत्तरीमा सशस्त्र प्रहरीले पिटेका छन् ।

महोत्तरीको मटिहानीका ८ वर्षीय ती बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ ।

लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ ।

टिकटक र फेसबुकमा भाइरल सो भिडियोमा बालकले रूदै छोडिदिन गुहार मागे पनि सशस्त्र जवानले उनलाई पिटिरहेको देखिन्छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया