0
Shares
सिरहा : निरन्तरको वर्षाले सिरहाको कर्जन्हा नगरपालिका बन्दीपुर स्थित रहेको बाबातालको पानी उक्लिएर गाउँ पस्दा घरहरु डुबानमा परेको छ । पानी उक्लिदा बाँध कटान समेत गर्न थालेको हो ।
बाँध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोलि पुगेको छ । बोरामा माटो हालेर अहिले बाँध मर्मत काम भइरहेको सिरहाका प्रम्ुख जिल्ला अधिकारी प्रदीपकणेलले जानकारी दिए ।
बाढीको बहाव उच्च भएपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाको बाढी पस्ने सम्भावित क्षेत्रमा उच्च सर्तकता अपाउन प्रशासनले आग्रह गरेको छ ।
-फाईल फोटो