Saturday 20th of July 2024

फुर्सदको क्षणमा वालवालिका माछा मार्नमा व्यस्त ।। (फोटो फिचर)

0 Shares

गौशाला / शनिवार विदाको दिनको सदुपयोग गर्दै आफ्नै खेतमा माछा मार्ने कार्यमा भेटिएका सोनमा गाँउपालिका ५ का १३ बर्षिया रोहित कुमार महरा दिनभरिमा २ केजी माछा संकलन गर्न सफल भएका छन ।


स्थानिय श्री जनता माध्यमिक विद्यालय खैरवन्नीमा कक्षा ७ मा पढने रोहित दिनभरि नै खेतको डिलमा वसि माछा खोज्नमा व्यस्त रहे । उनी आफ्ना भाई मनिष र साथी विणासँगै रोहित विदाको दिनको सदुपयोग गर्दै रातिको तरकारीको लागि माछाको जोहो गरेका हुन ।


तराई मधेशमा तीनदिनदेखि अविरल रुपमा बर्षा थामिएपछि अर्थात मौसम सफा भएको र आज विद्यालय जानु नपर्ने भएपछि वालवालिकाहरु माछा खोज्नमै दिन विताएको दर्शन कुमार रामले बताए ।
यस्तै स्थानिय मुन्नि मिश्री आधारभुत विद्यालय पडरियामा कक्षा ३ मा अध्ययनरत कमलेश आफ्ना साथीसँगै हातमा आहारायुक्त बन्सीको सहरामा माछा खोज्नमा व्यस्त रह्यो ।

यता गौशाला बजारको छेउमा रहेको खेतमा जमेको पानीमा माछा खोज्नमा दिन विताएकी ९ बर्षिया रुवी यादव पनि दिनभरिमा ५ सय ग्राम माछा मार्न सफल भएको हो । गौशाला एकेडेमीमा कक्षा २ मा पढने आईएन अन्सारी पनि दिनभरिमा ५०० ग्राम माछा संकलन गर्न सफल भयो ।

विगत तीनदिनदेखि जारी रहेको अविरल बर्षा शनिवार विहानदेखि रोकिएको छ । आज विहानैदेखि सर्वसधारणहरु चहलपहल बढदै गएको छ भने नियमित कामकाजमा व्यस्त देखिएका छन् ।

 

प्रतिक्रिया