Thursday 18th of July 2024

महोत्तरीमा १४ वर्षीया बालिका बल’त्कृत

0 Shares

जलेश्वर :  महोत्तरीको जलेश्वर नगरपालिकाकी १४ वर्षीया बालिका ६ महिनादेखि बलत्कृत हुदै आएको रहस्य बाहिरिएको छ ।

पिडित बालिकाको आमाले जलेश्वर बस्ने युद्धनाथ झाको घरमा काम गर्दै आएकी छिन् । आमा काम गर्ने क्रममा छोरीले समेत सहयोग गर्न जाने क्रममा युद्धनाथ झाको २० वर्षीय छोरा र्षिय आकाश झाले बालिकालाई प्रलोभनमा पार्दै विगत ६ महिनादेखि यौनशोषण गर्दै आएको पीडित पक्षको आरोप छ ।

बालिका ७ महिनाको गर्भवती भएपछि घटना बाहिर आउने डरले हत्तारमा बालिकाको पेटमा रहेको गर्भ आरोपित पक्षले तुहाइएको पिडितको आरोप छ । बालिका गर्भवती भएको घटना लुकाउन आरोपित आकाश झा र आरोपितकी आमा ममता झाले गर्भपतन गराएर बच्चा फाल्न लगाएको पिडितको आरोप छ । पिडितकी आमालाई तिम्रो छोरीको पेटमा गोला भएको भन्दै अप्रेशन गराइ दिने भनि झुक्याएर आफनो पेटमा रहेको गर्भ तुहाइएको आरोप लगाएकी छिन् ।

पिडितले आफुलाई कम उमेरमै ललाई फकाई गर्भवती बनाई गर्भ तुहाएको भन्दै आफुलाई आरोपितले विवाह गर्नुपर्ने माग राख्दै आएको छ भने यता, आरोपितकी आमा ममता झाले घटनाबारे प्रहरीमा उजुरी नदिई आर्थिक लेनदेनमा घटना मिलाउन प्रलोभन दिदै आएको पिडित पक्षको भनाई छ । आरोपित ममता झाले पैसा र पावरको बलमा गरिबमाथि अन्याय गर्न खोजेको पीडितले आरोप लगाइन् ।

पिडित बालिकाले न्यायको लागि ओरेक नेपाल महोत्तरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा समेत उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले घटनाबारे अनुसन्धान भई रहेको बताएका छन् ।

प्रतिक्रिया