Thursday 18th of July 2024

करेन्ट लागेर मृ’त्यु भएका परिवारलाई बिजलपुराका व्यापारीहरुद्धारा आर्थिक सहयोग

0 Shares

गौशाला : करेन्ट लागेर मृत्यु भएका दिपक महतोको परिवारलाई स्थानिय व्यापारीहरुले आर्थिक सहयोग प्रदान गरेको छ ।

आईतबार वर्दिवास नगरपालिका १३ विजलपुराका व्यापारीहरुले स्थानिय दिपक महतोको परिवारलाई २७ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक रकम सहयोग प्रदान गरेको छ ।

May be an image of 16 people, people sitting, people standing, outdoors and tree

स्थानिय व्यापारीहरुले प्रति व्यापारी ५ सय रुपैयाँका दरले रकम उठाएर सो रकम संकलन गरिएको लक्ष्मण महतोले जानकारी दिए ।

गत भाद्र ५ गते दिपकले आफ्नै पसल (दिपक वर्क शप) मा ट्रेक्टरको टेलारी व्लडीङ्ग गर्ने क्रममा उनलाई करेन्ट प्रवाह भएको थियो । गम्भीर घाईते अवस्थामा रहेको दीपकको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

महोत्तरीको बिजलपुरामा आफ्नै पसलमा करेनट लागेर एक जनाको मृत्यु

 

प्रतिक्रिया