Thursday 18th of July 2024

प्रदेश नं. २ का दुई जना मन्त्रीहरुको जिम्मेबारी हेरफेर

0 Shares

महोत्तरी / प्रदेश नं. २ का दुई जना मन्त्रीहरुको जिम्मेबारी हेरफेर गरिएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारी अनुसार प्रदेशका मन्त्री विजय यादव र शैलेन्द्र साहको जिम्मेबारीमा हेरफेर गरिएको हो ।

स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेबारी शैलेन्द्र साहलाई दिईएको छ भने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेबारी विजय यादवलाई दिईएको छ । यसभन्दा अगाडि आर्थिक मामिला मन्त्रीको रुपमा यादव र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा साह कार्यसम्पादन गर्दै आएका थिए ।

मन्त्री विजय यादव

 

मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता रहदै आएको थियो । मुख्यमन्त्री बन्ने दाउमा रहेका यादवलाई पन्छाएर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राउतलाई मुख्यमन्त्री रोजेपछि यी दुवैबीच झन् टकराब बढेको थियो ।

मन्त्री शैलेन्द्र साह

आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आइरहेका थिए ।

प्रतिक्रिया