Thursday 18th of July 2024

सर्लाहीमा करेन्ट लागेर एकको मृ’त्यु

0 Shares

सर्लाही : सर्लाहीमा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा चन्द्रनगर गाउँपालिका– ६ का ५० वर्षीय नागेश्वर मण्डल रहेको प्रहरीले जानकारी दिए ।

आइतबार बिहान करिब १० बजे कल चलाउने क्रममा करेन्ट लागेर मण्डलको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

मण्डल आफ्नै घरमा कल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भइ करेन्ट प्रवाह हुँदा उनी घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल सर्लाहीमा लगेकोमा त्यहाँ चिकित्सकले मृ’त घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

प्रतिक्रिया