Tuesday 28th of May 2024

टिपरको ठक्करबाट अटो रिक्सा चालक महिला घाइते

0 Shares

जनकपुरधाम ः धनुषामा टिपरको ठक्करबाट अटो रिक्सा चालक महिला गम्भीर घाइते भएकी छन् ।

जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँ स्थित बाबाको ढावा होटल अगाडि सोमबार (आज) बिहान साढे ११ बजे टिपरले अटो रिक्सालाई ठक्कर दिएको हो ।

ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको ज १ ह १८१५ नम्बरको अटो रिक्सालाई विपरीत दिशाबाट अत्यधिक गतिमा आउँदै ना ६ ख ७३४१ नम्बरको टिपरले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट अटोरिक्सा चालक महिला गम्भीर घाइते भएकी छन् । उनको प्रदेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
टिपर चालक फरार भएका छन् । चालकको खोजि कार्य भइरहेको र दुवै गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया