Thursday 6th of February 2025

हुण्डी कारोबार गरेको आरोपमा दुईजना प’क्राउ

0 Shares

पर्सा : पर्साप्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका–२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा उनीहहरुको साथबाट श्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ बराम गरेको छ ।

प’क्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया