Saturday 20th of July 2024

भारततर्फ मुख्य सीमानाका खुल्ला, नेपालतर्फ भने बन्द कायमै

0 Shares

सर्लाही : वैश्‍विक रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण २०७६ चैत ११ गते देखि हालसम्म नेपाल-भारत सीमानाका सिल गरिएको छ । तर सर्लाहीमा भने २०७८ भदौ ११ गते शुक्रबारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मलङ्ग्वा-ेसोनबरसाको मुख्य सिमानाका हनुमान चौक प्रत्येक दिन १० बजेदेखि २ बजेसम्मको लागि खुल्ला गरिदिएका छन् ।

केहिदिन देखिको निरन्तर वर्षाका कारण मलङ्ग्वा-सोनबरसाको मुख्य सिमानाका हनुमान चौक बाहेकका गोरेटो बाटोहरु जलमग्न भएको छ । वृद्धवृद्धा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई भारत आवतजावत गर्नमा धेरै नै कठिनाइ भएकोले आवतजावतमा सहज होस भन्ने उदेश्यले प्रत्येक दिन १० बजेदेखि २ बजेसम्म ४ घन्टाका लागि मुख्य सिमानाका खोलिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले जानकारी गराएका छन् ।

भारत नेपाल दुइतर्फी आवागमनमा कोरोना भाइरस (कोभिड-१९) को मापदण्डलाई पुर्ण रुपले अनिवार्य पालना गर्ने गराउने गरि पैदल यात्रीको हकमा मात्र आवागमन सुचारु गरिएको भारतिय सिमा सुरक्षा बल (एसएसबी) प्रहरी स्रोतले बतायो ।

तर नेपालतर्फ बाट भने आवागमनमा रोकावट कायमै रहेको छ । मलङ्ग्वा-सोनबरसाको मुख्य सिमानाकामा नेपालतर्फको ढाट खोलिएको छैन । भारत नेपाल दुइतर्फी आवतजावत गर्ने मानिसहरू लाई सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाले रोकेका छन् । यद्यपि नेपालतर्फ बाट आवतजावत गर्ने मानिसहरु सशस्त्र प्रहरी बल जिल्ला भन्सार सुरक्षा पोस्ट मलङ्ग्वाको छेउछाउको बाटो प्रयोग गर्दै अएका छन् ।

यस विषयमा प्रतिक्रियाका लागि सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले सीमाको हकमा निर्णय गर्ने अधिकारीक निकाय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय भएकोले यस विषयमा माथिल्लो निकायसंग समन्वय भइरहेको बताए ।

प्रतिक्रिया