जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सत्ता समीकरण मिलाउने कसरत गरिरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०लाई सरकारमा सामेल गराउने तयारी गरिएको हो ।
उनले यसअघि पनि माधव समूहलाई सरकारमा ल्याउने प्रयास गरेका थिए । तर, विभिन्न कारणले सम्भव भएको थिएन ।
प्रदेश २ मा अहिले जनता समाजवादी पार्टी ९जसपा०को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०को गठबन्धन सरकार छ ।
कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले यसअघि ६ मन्त्रालय फुटाएर १० वटा बनाएका थिए । यहाँ जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै मातहतमा राखेका छन् । मुख्यमन्त्री राउत मातहत रहेका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय एकीकृत समाजवादीलाई दिने तयारी रहेको बुझिएको छ ।