Saturday 20th of July 2024

मटिहानी बाजारमा नव–निर्मित आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन एवं कार्यालय सञ्चालनको उदघाटन

0 Shares

महोत्तरी / मटिहानी नगरपालिका वडा नं. ८ स्थित मटिहानी बाजारमा नव–निर्मित आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन एवं कार्यालय सञ्चालनको उदघाटन भएको छ । आज एक समारोकावीच नगर प्रमुख हरि प्रसाद मण्डल र जग्गा दाता योगेन्द्र प्रसाद साहले संयुक्त रुपमा समुद्घाटन गरेका हुन ।

आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने पालिका प्रतिबद्घ रहेकोले पालिकाको नौ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना भएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । सो आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन बनाउन मटिहानी नगरपालिका वडा नं. ८ बस्ने योगेन्द्र प्रसाद साहले करिब एक करोड मुल्य पर्ने १३ धुर जग्गा निःशुल्क रुपमा प्रदान गरेको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ ।

३ कोठे सो भवन ३७ लाख ४२ हजारको लागतमा निर्माण भएको नगरपालिकाका ईन्जीनियर विमलेश कुमार साहले बताए ।

वडा अध्यक्ष गणेश प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले आधारभूत स्वास्थ्य चौकी केन्द्र भवन निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया