गौशाला : जिल्ला प्रशासन कार्यालय महोत्तरीले उर्दी जारी गरिएको निर्देशनको अवज्ञा गर्दै महोत्तरीको गौशालामा एक सरकारी नम्बरप्लेटको मोटरसाईकलको दुरुपयोग भएको पाईएको छ ।
सोमबार श्रीकृष्ण जन्माष्टमीको सार्वजानिक विदा दिन कार्यालय बन्द रहेको समयमा सो मोटरसाईकल व्यक्तिगत प्रायोजनको लागि प्रयोग भएको पाईएको छ । ज १ ब ९२६ नम्बरको सेतो प्लेटको ग्लेम्बर मोटरसाईकल व्यक्तिगत प्रायोजनको रुपमा प्रयोग भएको पाईएको छ । गौशाला बजारको व्यस्त तरकारी बजारमा सो नम्बरप्लेटको मोटरसाईकलमा व्यक्तिगत प्रायोजनको लागि सरसमान खरिद भएको पाईएको छ ।
भाइजरमा औरही नगरपालिका उल्लेख भएको सो मोटरसाईकलका चालक सम्पर्कमा नआएपनि गाडीमा दुईवटा झोलामा तरकारी खरिद गरि झुण्डाएको अवस्थामा पाईएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सुचना जारी गदै सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन पास लिनुपर्ने निर्णय गरेको थियो ।
जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
विदाको दिनमा सरकारी सवारीसाधन प्रयोगमा नल्याउनका लागि प्रमुख जिल्ला अधिकारीको निर्देशन