Thursday 18th of July 2024

प्रदेश २ : वडाअध्यक्षद्धारा एक महिलामाथि बलात्कारको प्रयास

0 Shares

सर्लाही : सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ ।

सोही वडाका वडाध्यक्ष श्याम कुमार यादवले स्थानीय महिला अम्बिका देवी यादव (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेका हुन् । गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा वडाध्यक्ष यादवले आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको को आरोप छ । वडाध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाले गुनासो गरिन् ।

त्यस दिन (भदौ ५ गते)पनि वडाध्यक्ष घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न संबेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पीडितले बताइन् । आफुलाई बचाउने प्रयास गर्दा नसकेपछि हल्ला गरेर छिमेकीलाई बोलाइ उनको चंगुलबाट आफुलाई बचाएको उनले बताइन् । घटना लगत्तै फरार भएको वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् ।

आइतवार दिउँसो पीडित महिलासँगै सदरमुकाम मलंगवा आएका ब्रम्हपुरी गाउँपालिका–७ नौकैल्वाका स्थानीयबासी तथा पीडितका छिमेकीहरुले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन समेत दर्ता गराइसकेका छन् ।

सोही निवेदनको आधारमा वडाध्यक्ष यादवलाई पक्राउ गर्न भनि दुईपटक प्रहरीहरु गाउँमा गइसकेको तर उनी गाउँमा नरहेकोले प्रहरीलाई खाली हात फर्किनु परेको पीडितका छिमेकीले बताए । उता वडाध्यक्षका भाइ जस्विन्दर यादवको भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

आर्थिक अबस्था कमजोर भएका कारण उनका श्रीमान रोजगारीका लागि विगत दुईवर्षदेखि कुवेतमा छन् । पीडित एक्लैले अरुको घरमा मजदुरी गरेर घर ब्यवहार सम्हाल्दै आएकी थिइन् ।

प्रतिक्रिया