Saturday 20th of July 2024

महोत्तरी : भंगहा र जलेश्वर नगरपालिकाका मेयरले रोजे लोसपा

0 Shares

महोत्तरी : महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव कुमार साह र जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जिल्ला निर्वाचन आयोगको कार्यालय जलेश्वर पुगेर मेयरद्वय मिश्र र साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । मेयर साह र मिश्र तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।No description available.

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर पछिल्लो समय जसपा विभाजित भएपछि लोसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेका कारण आयोगले भदौ २२ गतेभित्र जनप्रतिनिधिलाई सनाखत गर्न भनेको छ ।

लोसपाको पक्षमा महोत्तरीका अन्य जनप्रतिनिधिहरु समेत सनाखत गराइरहेका छन् ।

प्रतिक्रिया