Thursday 18th of July 2024

मटिहानीमा हातीपाईले रोगका विरामीहरुलाई सेल्फ केयर किट वितरण

0 Shares

गौशाला : महोत्तरीको मटिहानी नगरपालिकामा रहेको हातीपाईले रोगका विरामीहरुलाई आज मटिहानीमा सेल्फ केयर किट वितरण गरिएको छ ।

सरुवा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको सहयोगमा मटिहानी नगरपालिका–४, ६, ७ र ८ मा रहेका ५७ जना (लिम्फेडिमा) हातीपाईले भएका विरामीहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले सेल्फ केयर किट वितरण गर्नुभयो ।

किटमा वाल्टीन तौलिया साबुन लगायतका सामग्रीहरु रहेका छन् । मटिहानी नगरपालिका – ६ का वडा अध्यक्ष रामबाबु नायकको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका स्वास्थ्य सामाजिक शाखाका प्रमुख पवन मण्डल, नागेश्वर पाण्डेय लगायतका वक्ताहरुले रोग वारे चर्चा गर्नुभयो ।

महोत्तरी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, उपाध्यक्ष नागेश्वर प्रसाद गुप्ता, स्थानीयहरु रामजी मण्डल, रामस्नेही मण्डल, जुगेश्वर मण्डल, रामलखन पंजियार, रामसेवक साह, कलिम अंसारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया